महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ । जिल्लामा बुधबार थप ६ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्ला स्थित भीमदत्त नगरपालिका–५ की ६५ वर्षिया महिला,वडा नम्बर १८ का ८०,७१ वर्षिय पुरुष, वडा नम्बर ८ की ७५ वर्षिया महिलाको मृत्यु भएको छ ।
यस्तै कृष्णपुर नगरपालिका–४ का ६९ वर्षिय पुरुष र लालझाडी गाउँपालिका–५ का ३० वर्षिय पुरुष गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
थप ५३ जनामा कोरोना पुष्टि जिल्लामा बुधबार थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाका ४८ जना,बेदकोट नगरपालिकाका ३ जना र शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका एक-एक जना गरि ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बुधबार १ सय ४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।