अमेरीका स्थित वेस्ट हार्टफोर्ड लुम्बिनी लायन्स क्लवद्धारा महाकाली अस्पताललाई १ लाख २० हजार आर्थिक सहयोग

महेन्द्रनगर । अमेरीकामा रहेका नेपालीहरुले स्थापना गरेको वेस्ट हार्टफोर्ड लुम्बिनी लायन्स क्लवले कञ्चनपुर स्थित महाकाली अस्पताललाई १ लाख २० हजार आर्थिक सहयोग गरेको छ ।

शुक्रबार महेन्द्रनगरका लायन्स मार्फत उक्त रकम महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) लाई हस्तान्त्रण गरिएको लायन्स डा. भोजराज पन्तले बताए ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा स्वास्थ्य सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरिएको लायन्स क्लव अफ वेस्ट हार्टफोर्ड लुम्बिनीका अध्यक्ष नरेन्द्र पन्तले बताए ।

लायन्स क्लबले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्