कञ्चनपुरमा थप ९ जनाको कोरोनका कारण मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ४३ पुगेको छ ।

शुक्रबार जिल्लामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्थित भीमदत्त नगरपालिका–६ का ७७ वर्षिय पुरुष,वडा नम्बर १३ का ३४ वर्षिय पुरुष, वडा नम्बर १५ का ८० वर्षिय पुरुष, वडा नम्बर २ का ५६ वर्षिय पुरुष,वडा नम्बर ११ की ६५ वर्षिया महिलाको मृत्यु भएको छ ।

यस्तै बेलौरी नगरपालिका–१ की ५८ वर्षिया महिला,शुक्लाफाँटा नगरपालिका–११ क ५२ वर्षिय पुरुष,कृष्णपुर नगरपालिका–४ का ५५ वर्षिय पुरुष र दोधारा चाँदनी नगरपालिका–५ का ५० वर्षिय पुरुष गरि ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्