स्वीट्जरल्याण्डद्वारा कोरोनाविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ ८- स्वीट्जरल्याण्डले नेपाललाई कोरोना संकटविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्वीस सरकारले सहयोग गरेका सामान लिएर आज विहान एक कार्गो विमान काठमाडौं आइपुगेको हो।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिन्। कुल ३० टन स्वास्थ्य सामग्री लिएर विमान नेपाल आएको थियो।

के के सामान आए

स्वीस सरकारले गरेको सहयोगमा ४० भेन्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख र्याोपीड एन्टिजेन टेष्ट किट, १ लाख १० हजार के एन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट छन्।

हाल पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्वीटजरल्याण्डले अप्रिल २०२० मा सुरु गरेको कोभिड १९ विरुद्धको वृहत्तर सम्वोधनको एक भाग भएको स्वीस दूतावासले बताएको छ।

यस अन्तर्गत ७० हजार रोच पीसीआर किट र दुई वटा पीसीआर उपकरण हस्तान्तरण भैसकेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्