कञ्चनपुर प्रहरीद्धारा २५ हजार मुल्य बराबरका माछा नष्ट

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको प्रहरीले टोलीले २५ हजार मुल्य बराबरको माछा नष्ट गरेको छ ।

शनिबार जिल्लाको बेलौरी नगरपालिका–४ रिछा स्थित भन्सार छलि चोरी पैठारी गरि ल्याइएका अवैध २५ हजार मुल्य बराबरका माछा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी टोलीले बरामद गरेको उक्त माछा स्थानिय पत्रकार,युवा संघ बेलौरीका अध्यक्ष,पशु क्वारेन्टाइनका प्रतिनिधि लगाएत स्थानियको रोहवरमा नष्ट गरिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्