दोधारा चाँदनी झोलुङगे पुल स्थित बेवारीसे शव फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित दोधारा–चाँदनी झोलुङगे पुल नजिकै महाकाली किनारमा बेवारीसे शव फेला परेको छ ।

झोलुङगे पुल नजिकै महाकाली किनारमा पुर्ब टाउको, पश्चिम खुट्टा भई नाङ्गो, घोप्टो परेको र शरिरमा हिलो,माटो लागेको अवस्थामा अन्दाजी ४२ वर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनका अनुसार प्रहरी टोलीले घटनास्थल र शवको जाँच, मुचुल्का गरि शव परिक्षणका लागि हाल महाकाली अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्