भण्डारी टोल विकास संस्थाद्धारा महाकाली अस्पताललाई १ लाख बढी आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर स्थित भण्डारी टोल विकास संस्थाले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

भण्डारी टोल विकास संस्थाका सदस्य सञ्जिव भण्डारीको पहलमा टोलबासीबाट संकलित १ लाख ४ हजार ६७ रुपैया महाकाली अस्पताललाई सहयोग गरिएको हो ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा स्वास्थ्य सामाग्री खरिदका लागि टोलबासीबाट रकम संकलन गरि आइतबार महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी
(बोक्सर) लाई हस्तान्त्ररण गरिएको टोल विकास समितिका सदस्य तथा स्वास्थ्यकर्मी भण्डारीले बताए ।

‘टोलबासीबाट सानो सानो रकम संकलन गरि उक्त रकम अस्पताललाई सहयोग गरेका हौँ ।’ भण्डारी टोल विकास संस्थाका सदस्य भण्डारीले भने ‘यसरी सबैले सक्दो सहयोग गरेमा यो महामारी संग लड्न सकिन्छ ।’

भण्डारी टोल विकास संस्थाले निरन्तर यस्ता सामाजिक काम गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्