एनएनएसडब्लुएको सहयोगमा भीमदत्तमा कोभिड सहायता कक्ष स्थापना

महेन्द्रनगर ९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एनएनएसडब्लुएको सहयोगमा कोभिड सहायता कक्ष स्थापना गरिएको छ । नगरपालिकामा कोरोना सम्बन्धी सुचना र तथ्याङ्कलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन कोभिड–१९ सहायता कक्ष स्थापना गरिएको हो ।
एनएनएसडब्लुएका शहरी विपद् जोखिम न्युनिकरणका लागि स्थानीय पहल(नेक्सेस) परियोजनाका कार्यक्रम अधिकृत प्रभुनिधि पन्तले डिएसएको प्राविधिक सर्पोटमा सञ्चालित कार्यक्रम अन्र्तगत सहायता कक्ष स्थापना गरिएको बताउनु भयो ।

उहाँका अनुसार सहायता कक्षमा आवश्यक सामाग्रीसहित जनशक्ती व्यवस्थापन गरिएको छ । कक्षले नगरवासीलाई कोरोना सम्बन्धि सुचना तथा आवश्यक सहयोगका लागि सहजिकरण गर्नेछ ।
एनएनएसडब्लुएले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न परियोजनामार्फत कार्यक्रम सञ्चालन गरिरहेको अधिकृत पन्तको भनाई छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यलाई थप व्यवस्थीत गर्न सहायत कक्ष स्थापना गरिएको छ । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित समन्वय तथा निर्देशन समितिमार्फत विभिन्न कामहरु भईरहेका छन् । जसको व्यवस्थापनका लागि छुट्टै कोभिड सचिवालय स्थानपना गरिएको छ ।

कोभिड सचिवालय र सहायत कक्षले सहजता हुने अपेक्षा गरिएको छ । नगर प्रमुख विष्टले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने बताउनु भएको छ ।

नगरपालिको विभिन्न समिति निर्माण गरि अक्सीजन व्यवस्थापन, महाकालीमा प्लान्ट स्थापना तथा कोरोना अस्पताल निर्माणका लागि अग्रसरता देखाएको छ भने पश्चिमी नाका गड्डाचौकीमा होल्टीङ सेन्टर र हेल्थ डेस्क स्थापना गरि नागरिकलाई सेवा दिईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्