महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित जय चन्द्र सूर्य समाजले चलाएको एम्बुलेन्स खरिदका लागि मेरो एक हजार अभियानमा बङलादेशी नागरिकले पनि सहयोग गरेका छन् ।
आइतबार एम्बुलेन्स खरिदका लागि मेरो रु १००० अभियानमा बङलादेशका खलिल उद्धिनले १ हजार ८ सय रुपौया सहयोग गरेको जय चन्द्र सूर्य समाजका संस्थापक सदस्य प्रकाश थापाले बताए ।
उनका अनुसार उक्त अभियानबाट हाल सम्म झन्डै ३ लाख रकम संकलन भइसकेको छ । गाउँमा विरामी पर्दा अस्पताल सम्म जान साधनको समस्यालाई मध्यनजर गर्दै आफुहरुले पाचँ महिना अघि देखी नै एम्बुलेन्स खरिदका लागि मेरो रु १ हजार अभियान चलाउदैँ आएको जय चन्द्र सूर्य समाजका सह–सचिव केशवदत्त भट्टले बताए ।
‘यहाँका स्थानियहरु विरामी हुदाँ मोटरसाइकल र मोटोरसाइकल नहुने साइकल,मुन्द्रे यातायातमा अस्पताल लैजाने अवस्था छ ।’ उनले भने ‘यही समस्यालाई मध्यनजर गर्दै यो अभियान चलाएका हौ ।’
उनकाअनुसार यो अभियान सफल पार्न देशविदेश बाट सहयोग आइरहेको छ ।
‘देश बिदेशमा रहनु हुने सहयोगी मन भएका ब्यक्तिहरु ( नरेन्द्र नाथ अस्ट्रेलिया, हेमन्त कलौनी कतार ,कबिता बिष्ट डेनमार्क, मनोज भट्ट कुवेत,भरत कठायत दुबई, हरिश बिष्ट अस्ट्रेलिया, महेन्द्र भण्डारी लन्डन ,ललित बिष्ट,जनक बिष्ट कुवेत लगाएका व्यक्तिले सहयोग गरेका छन् ।’ उनले भने ‘स्थानीय व्यक्ति र देशका बिभिन्न ठाउँ बाट पनि आर्थिक सहयोग आइरहेको छ ।’
उक्त अभियानलाई सफल पार्न सम्पूर्णलाई सक्दो सहयोग गर्न जय चन्द्र सूर्य युवा समाजले आग्रह गरेको छ ।