‘डिप्रोस नेपाल’ सीमानाकामा निशुल्क खाजा खुवाउदैँ

महेन्द्रनगर । विकास आयोजना सेवा केन्द्र (डिप्रोस) नेपालले सीमानाकामा निशुल्क खाजा तथा पानी खुवाउदैँ आएको छ । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वादेश फर्किएका नेपाली नागरीकलाई डिप्रोस नेपालले निशुल्क खाजा तथा पानी वितरण गर्दै आएको छ ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासले भारतबाट स्वदेश फर्किएका नेपाली दाजुभाइ नाकामा कोरोना परिक्षणको समयमा होल्डीङ सेन्टरमा भोकभोकै बस्नुपर्ने वाध्यतालाई मध्यनजर गर्दै डिप्रोस नेपालले उनिरुहलाई निशुल्क खाजा तथा पानीको व्यवस्था गरेको डिप्रोस नेपालका कर्मचारी गणेश प्रशाद बोहराले बताए ।

‘भारतबाट फर्किएका नेपाली दाजुभाई यहाँ नाकामा एन्टिजिन परिक्षणका क्रममा होल्डीङ सेन्टरमा भोक भोकै बस्नु पर्ने अवस्था थियो ।’ बोहराले भने ‘उक्त समस्यालाई मध्यनजर गर्दै डिप्रोस नेपालले निशुल्क खाजा तथा पानीको व्यवस्था गरेको हो ।’

डिप्रोस नेपालले नाकामा विहान ६ बजे देखी दिउँसो ३ बजे सम्म निशुल्क खाजा तथा पानी वितरण गर्दै आएको छ । जेठ ८ गतेबाट संञ्चालन गरिएको उक्त निशुल्क खानेकुरा वितरण कार्यक्रम २ हप्ता सम्म सञ्चालन हुने बोहराले बताए ।

‘हामीले जेठ ८ गतेबाट यो खाजा तथा पानी वितरण कार्यक्रम शुरु गरेका हौ ।’ उनले भने ‘अहिले २ हप्ता सम्म गर्ने कुरा छ तर स्वदेश फर्किनेको संख्या र अन्य कुराको अवलोक गरि समय थप गर्ने छौ ।’

नाकामा निशुल्क खाजा तथा पानी पाएपछि ठुलो राहत भएको भारतको ऋिषीकेशबाट फर्किएका अछामका हिक्मत विष्टले बताए । ‘हामी भारतको ऋिषीकेशबाट बाटोमा भोक भोकै यहाँ सम्म आएका हौ ।’ उनले भने ‘यहाँ पुगेपछि फ्रि मा पानी र खानेकुरा पाएर अहिले सम्म यता बस्न सकिएको छ ।’ उनले अगाडी थपे ‘नत्र त भोकै बस्न सकिने थिएन ।’

डिप्रोस नेपालले नाकामा खटिएका सुरक्षकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री पनि वितरण गरेको डिप्रोस नेपालका कर्मचारी बोहराले बताए ।

डिप्रोस नेपालले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्