कोरोना जितेका युवाको अनुभवः सकारात्मक सोच र उच्च मनोबल नै अचुक औषधी

केशब कुमार मलासी
महामारीको समयमा पनि मानवीय सहयोगका कार्यमा निरन्तर समर्पित भईरहदाँ म पनि कोरोना भाईरसको संक्रमणबाट अछुतो रहन सकेन् । प्राकृतिकको अकाट्य नियम जन्म र मुत्युको अभिसत्यलाई नजिकबाट नियाल्न अभिप्रेरित गरिरहेको कोरोनाले मान्छे अनुसारको फरक–फरक लक्षणसँगै भयानकता देखाईरहेको छ ।

काम कै शिलशिलामा मलाई एक्कासी ज्वरो आयो । हाडजोनी दुख्न थाले । शरिरमा कमजोर हुदैँ गएको महशुस हुन थाल्यो । लक्षणकै बारेमा कुरा गर्दा सुरुमा लगातारको ज्वरो बढ्दैँ गयो । जसको मापन १०३.९ (कोरोना न्युनतम ज्वरो १००.४) बाट सुरु भएर अन्य लक्षण पनि देखिदैँ गए । मलाई संक्रमणले झन झन च्याप्दैँ गयो ।

आफुले यस धर्तीमा जन्मीएकोमाको गर्व लाग्यो । समाज र देशका लागि अमर अजर रहेने गरि अझै केहि गर्न मन लाग्यो । संक्रमणले जुन अवस्थामा पु¥याए पनि मलाई सुन्दर संसारप्रति अझै माया बढेर आयो । ममा नयाँ जीवन पलाएको अनुभव हुन थाल्यो ।


शारीरिक दुखाई विशेषगरी जोर्नीहरुसँगै, लगातारको सुख्खा खोकी अनि त्यसबाट हुने छाती दुखाईले स्वास्थ्य अवस्था कष्ठकर हुदैँ गयो । थकान महसुस, शरीरमा कमजोरपन, निद्रापन, खानामा अरुचि जस्ता लक्षण थपिदैँ गए ।
संक्रमणले शारिरिक रुपमा शिथिल बनाईरहदाँ खेरी रेडियो, टिभी, समाचार र सामाजिक सञ्जालमा आईरहेका खबरले मानसिक अवस्थालाई पनि नचाहेर पनि झन कमजोर बनाउँदो रहेछ ।

कोरोनाकै कहर छाईरहदा सामाजिक सञ्जालका खबरले मानसिक रुपमा शिथीलतालाई आगोमा घिउ थपेको आभाष हुदोँ रहेछ । जब मान्छे शारिरि र मानसिक दोहोरो रुपमा प्रताडित हुदै जान्छ तब उसलाई लाग्दो रहेछ कि अब मेरा लागि आशाका किरणहरु हराउदै पो जादैँ छन कि ?

कोरोनाकै कहर छाईरहदा सामाजिक सञ्जालका खबरले मानसिक रुपमा शिथीलतालाई आगोमा घिउ थपेको आभाष हुदोँ रहेछ । जब मान्छे शारिरि र मानसिक दोहोरो रुपमा प्रताडित हुदै जान्छ तब उसलाई लाग्दो रहेछ कि अब मेरा लागि आशाका किरणहरु हराउदै पो जादैँ छन कि ?


स्वास्थ्य विशेषज्ञका लक्षणअनुसार आफैमा मलाई कोरोना भयो भन्ने लागिसकेपछि घरमै पुर्ण रुपमा आईसोलेशनमा राख्ने प्रयास गर्दागर्दे पनि मेरो कारणले परिवारका अन्य सदस्यहरुलाई केही पो हुन्छ कि भन्ने पीरले मुटु झन पोल्न थाल्यो । कसैलाई सामान्य रुघा खोकी या ज्वरो हुनेबित्तीकै आफै झस्कीन्थे । कतै मेरो कारणले अरुलाई पनि सं क्रमण भएन ?

आईशोलेसमा रहाँदा


कोरोना संक्रमणका सबै खाले लक्षणहरु देखिएको हप्ता दिनमा मैलै अशंका निदानका लागि पिसिआर परिक्षण गराए । संक्रमणको लक्षणसहित शारिरिक र मानसिक आलस्यतासँग बानी पदैँ गएको म करिब १ हप्ता पछि सेती अञ्चल हस्पिटलबाट आएको म्यासेजले झसंङ भए । कोरोना संक्रमण पुष्टी भएको त्यस खबरले तग्रिदै गरेको शरीर झन शारिरिक रुपमा शिथिल र मनस्थिती अस्वभाविक बनाउनतिर उद्धित बनायो । संक्रमणको यस अवधिमा मैले धेरै कुराको अनुभजव गर्न पाए । अझ भनौँ मृत्युलाई नजिकबाट कल्पना गरेर मानिस हुनुको महत्व बुभmे ।

आफुले यस धर्तीमा जन्मीएकोमाको गर्व लाग्यो । समाज र देशका लागि अमर अजर रहेने गरि अझै केहि गर्न मन लाग्यो । संक्रमणले जुन अवस्थामा पु¥याए पनि मलाई सुन्दर संसारप्रति अझै माया बढेर आयो । ममा नयाँ जीवन पलाएको अनुभव हुन थाल्यो ।

यस्तो अवस्थामा मनोबल बढाउने साथि भाई, शुभचिन्तकले दिने हौसला मेरो लागि कोरोनाको औषधिको डोज जस्तै लाग्थे ।


विषम परिस्थीतिको सामना गरिरहदाँ साथीभाई, आफन्त, कर्मस्थलका सहपाठीहरु लगायत शुभ चिन्तकहरुबाट आउँने हौसला, माया र आवश्यक सहयोग गर्नका लागि गरिने फोन, म्यासेजले मानसिक रुपमा संक्रमण मुक्त भईसकेको अनुभुती गर्थे । यस्तो अवस्थामा मनोबल बढाउने साथि भाई, शुभचिन्तकले दिने हौसला मेरो लागि कोरोनाको औषधिको डोज जस्तै लाग्थे ।
स्वास्थ क्षेत्रका विज्ञ डाक्टर तथा अन्य सम्बन्धित पक्षका व्याक्तित्वहरुले दिने सल्लाह सुझावले ममा उर्जा थप्यो । शरीरिक अवस्थालाई थप कष्टकर बनाउन दिएन । तर व्याक्ति पिछै अलिक फरक खालको धेरै औषधीहरुको उपभोग गर्ने कुराले अन्यौल पा¥यो । सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टवीटरका वालहरुमा आउने नकारात्मक न्युजहरुको बाढी, अझ त्यसमाथि कोरोनाकै कारण अल्पायुमै आफनो अमुल्य जीवन गुमाएका मृतको फोटो राखी श्रद्धान्जली, समवेदना दिने होडबाजीले शैयामा रहेको बिरामीको मन नै विक्षिप्त बनाउदो रहेछ ।

यस कुरामा मन भुलाउनका लागि टिकटक। युट्यब लगायतका सोसल मिडिया साईटका रमाईला अभिनयहरुले मनमष्तिक रिफ्रेस बनाउन मद्दत ग¥यो । एउटा अनौठोे अनुभव के पनि भयो भन्दा खेरी कोरोना कहरको यो विशेष परिस्थितीमा एक्लै एकान्तमा बस्दाखेरी वरिपरिका चीजबीजहरु चाहे ती भौतिक नै किन नहुन आत्मीयता बढने रहेछ । अनि एर्कातिर भने केही वरपरका मानिसका खासखुस हर्कत सुन्दा ती वस्तु नभई मानिस नै भएपनि विृत्षणा जाग्ने रहेछ ।


मेडिकलका औधी औषधीहरुको उपयोगले मनमा ल्याउने आकुलव्याकुलतालाई चिर्न घरकै जैविक पोषक जडीबुडीहरु जस्तै तिमुर, अदुवा, मरीच, पिप्ला, लसुन, अदुवा, दालचिनी, ज्वानो, बेसार जस्ता आयुर्वेदिक तत्वहरुको मात्रा मिलाएर उपभोग लाभकारी हुदो रहेछ ।

लगातारको खोकी अनि चसक्क छाती दुखाईलाई कम गर्न मेन्था तेलको थोपामा तातोपानीको निरन्तर बाफ लिने कुराले प्रभावकारी पार्दो रहेछ । स्वास्थ क्षेत्रका आदरणीय व्याक्तित्वहरुको निरन्तर निगरानीसँगै सल्लाह सुझावमा औषधी सँगै भिटामिनहरुको प्रयोगलाई जोड दिदा शरीरमा हुने मानव प्रतिरक्षा प्रणाली बलियो बन्दो रहेछ ।

मनमष्तिकलाई मोडन सक्नु नै कोरोनालाई जित्न सक्नु हो । यस बीचमा आफुलाई मन पर्ने पुस्तकहरु सँगै प्रेरक भिडीयोहरु हेरेर आफुमा नयाँ अनुभव भरे । कोरोनालाई सकेजति ख्याल गर्नुपर्ने तर ख्यालख्यालै चाहि लिन नहुने रहेछ । दोस्रो पीसीआर चेकपछि करिब २७ दिनको लामो लडाई पश्चातको विजयका यस्ता थुप्रै अविस्मरणीय अनुभवहरु मानसपटलमा सदैव ताजै रहिरहनेछन।


कहिल्यै थकाई लाग्दैन जस्तो, कहिल्यै रोग लाग्दैन जस्तो, कहिल्यै बिरामी बनिदैन जस्तो, अनि कहिल्यै एक्लो भईदैन जस्तो लाग्ने यो गुलाबी उमेरमा कोरोना कहरले अनुभव गराएका यस्तै पीडाहरु भनी साध्य छैन, तर सहयोगी बन्यो सकारात्मक सोच, उच्च मनोबल जसका लागि अमुल्य आफन्तहरु र आत्मीय शुभेच्छुक मनहरुको साथ, सहयोग र माया जुन कुरा प्रति सदैव नतमस्तक र हार्दिक कृतज्ञता रहने नै छ । जीवनमा अझै कहि गर्ने अठोटका साथ सामाजिक कार्यमा निरन्तरण मानविय सेवामा रहनेछु । नआतिऔँ, सुरक्षीत बसौँ, मनोबल उच्च राखौँ, स्वास्थकर्मीको सल्लाह अनुसार औषधी सेवन गरौँ, कोरोना अवश्यक जितिन्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort