ENGLISH

भीमदत्त नगरपालिकाद्धारा कोरोना खोप खरिदका लागि अनुमती माग

महेन्द्रनगर १५ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भ्याक्सिन खरिदको लागि संघ सरकारसँग अनुमती माग गरेको छ । नगरवासीलाई नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगाउन खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमती माग गरेको हो ।
नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा नेपालको पश्चिमी नाकामा रहेको यस नगरपालिकामा संक्रमणको जोखिम उच्च रहेको अवगत गराउदैँ सरकारलाई तत्काल खोप उपलब्ध गराउन र आवश्यक मापदण्ड अनुसार नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन माग गरिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिका सक्रिय रुपमा काम गरिरहेको जनाएको छ ।


नगर प्रमुख विष्टले नेपाल सरकारसँग आवश्यक खोपको मात्रा पठाईदिन आग्रह गरिएको बताउदैँ ‘नेपाल सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरेका छौँ, सरकारले उपलब्ध गराउन नसकेमा तत्काल नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन अनुरोध गरेका छौँ, नगरवासीलाई कोरोना विरुद्ध खोप लगाउन नगरपालिका अनुमती मागेको छ ।’ उनले भने ।

संघिय सरकारले अनुमती दिएमा तत्काल नगरवासीलाई खोप लगायउन खरिद पक्रिया अगाडी बढाईनेछ । साथै नगरपालिकालाई खोप खरिदका लागि अनुमती पाईने उनले विश्वास व्यक्त गरे ।

अनुमती माग पत्र

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्