नेपाल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाद्धारा महाकाली अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

महेन्द्रनगर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा कार्यरत कर्मचारी तथा अभिकर्ताले महाकाली अस्पतलालाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स महेन्द्रनगर शाखाका कर्मचारी,पेशागत बिमा अभिकर्ता संघ, नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स शाखा समिती महेन्द्रनगरको संयुक्त पहलमा आर्थिक रकम संकलन गरि २ लाख ५० हजार मुल्य बराबरका दुई थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हो ।

अक्सिजन अभावका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै शाखाका कर्मचारी तथा अभिकर्ताबाट रकम संकलन गरि अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको शाखा प्रमुख भट्टले बताए ।

‘अक्सिजन अभावका कारण धेरै जना विरामीले अकालमै ज्यान गुमाउनु परेको थुप्रै समाचार सुनियो ।’ उनले भने ‘त्यही समस्यालाई मध्यनजर गर्दै अस्पताललाई केही राहत होस् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा कार्यरत कर्मचारी र अभिकर्ताहरु बाट आर्थिक रकम संकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर महाकाली अस्पताललाई सहयोग गरेका हौ ।’

नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्