महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीले महाकाली अस्पताललाई झन्डै २ लाख आर्थिक सहयोग गरेको छ ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यूनिरकरणका लागि लिटिल बुद्ध एकेडेमीले १ लाख ७५ हजार आर्थिक सहयोग गरेको महाकाली अस्पतालले जनाएको छ ।
सोमबार लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई उक्त रकम हस्तान्त्ररण गरेका हुन् ।
यो महामारीमा कोरोना संग लड्न अस्पताललाई केही राहत मिलोस् भन्ने उद्देश्यले विद्यालयले सक्दो सहयोग गरेको लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले बताए ।