सामाजिक विकासमन्त्री खड्काद्धारा गड्डाचौकी होल्डीङ सेन्टरको अनुमगमन

स्थायी होल्डीङ सेन्टरका लागि पहल गरिने

महेन्द्रनगर २२ जेठ । कञ्चनपुरको गड्डाचौकी नाका निर्माण गरिएको अस्थायी होल्डीङ सेन्टरको सुदूरपपश्चिम प्रदेश सरकारका नव नियुत्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले अनुगमन गरेका छन् । शनिबार बिहान मन्त्री खड्काले पश्चिमी नाकामा पुगेर स्थलगत निरिक्षण गरेका हुन् ।

उनिसँगै नव नियुत्त कृषी तथा सहरकारी राज्यमन्त्री मान बहादुर सुनार, भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलगायतको टोलीले होल्डीङ सेन्टरको निरिक्षण गरेको हो ।


अनुमगनपछि सामाजिक विकास मन्त्री खड्काले स्थायी होल्डीङ सेन्टर निर्माणका लागि पहल गरिने बताएका छन् । उनले कोरोना संक्रमणका अवस्था स्थीर रहेकोले नाकालाई अझै व्यवस्थीत बनाईने बताए ।

‘अहिले कोरोना संक्रमण नियन्त्रणमा मन्त्रालय र प्रदेश सरकार ध्यान केन्द्रीत भएको छ ।’ मन्त्री खड्काले भने ‘यस पटकको बजेट कोरोना संक्रमण लक्षीत गरेर आउँदैछ, नाकालाई थप व्यवस्थीत बनाईने छ ।’ साथै उनले गौरीफन्टा नाकामा पनि होल्डीङ सेन्टर निर्माण गरिने उनको भनाई छ ।


त्यस्तै राज्यमन्त्री मान बहादुर सुनारले पनि जिल्लाको विकासलाई उच्च प्राथमितकतामा राख्ने बताए । उनले गड्डाचौकी नाकालाई थप व्यवस्थीत बनाउन आवश्यक पुर्वाधार निर्माणमा जोड दिईने उल्लेख गरे । साथै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको उनको दावि छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नाका थप आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरे । उनले नगरपालिकाले नाकामा अस्थायी होल्डीङ सेन्टर निर्माण गरेको बताउँदै स्थायी संरचनाका लागि प्रदेश सरकारलाई आग्रह गरे ।
नाकामा भीमदत्त नगरपालिकाले नेपाली सेना र निड्स नेपालसँगको सहकार्यमा अस्थीय होल्डीङ सेन्टर निर्माण गरेको हो । सेन्टरमा भारतबाट आएका नागरिकलाई राख्ने गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्