२०७४ को चुनावपछि पहिलोपटक आज सरकारमा सहभागी गर्दै कांग्रेस

काठमाडौं, जेठ २३– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस २०७४ सालमा भएको निर्वाचनपछि आज पहिलोपटक सत्तारोहण गर्दै छ। कर्णाली प्रदेश सरकारबाट कांग्रेसले सत्तारोहणको यात्रा सुरुवात गर्ने भएको हो।

चार वर्षअघि भएको निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा प्रतिपक्षीमा बसेको कांग्रेस पहिलोपटक प्रदेशमार्फत सत्तामा प्रवेश गरेको हो।

नेपाली कांग्रेसले दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी कर्णाली प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।
कांग्रेसले कर्णाली प्रेदशमा सामाजिक विकास र जलस्रोत गरी दुई मन्त्रालयको नेतृत्व गर्न लागेको हो।

कर्णाली कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसद यज्ञबहादुर बीसीलाई सामाजिक विकासमन्त्री र दिनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनाउने निर्णय गरेको हो। आज दिउँसो उनीहरूले शपथ खाने कार्यक्रम छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्