कञ्चनपुरमा लागु औषधसहित पाँच जना पक्राउ

कञ्चनपुरः लागु औषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो। चन्दले चढेको भारतीय युके०६एइ९७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्