वर्ल्ड भिजन इन्टरनेशनलद्वारा कञ्चनपुरलाई स्वास्थ्य सामाग्री सहयोग

महेन्द्रनगर २५ जेठ ।
वर्ल्ड भिजन इन्टरनेशनलद्वारा कञ्चनपुरको जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । मंगलबार वल्र्ड भिजन इन्टरनेशनलले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने उक्त समितिलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल पश्चिम कार्यालय धनगडीका फिल्ड प्रोगाम लिडर मनोज विष्टले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । उनका अनुसार विपद व्यस्थापन समितिलाई ३५ वटा अक्सीजन सिलिन्डर, १८ वटा पिपिई सेट, एन–९५ मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वर्ल्ड भिजन धनगढीका कार्याक्रम व्यवस्थापक चेतराज भट्टराईले प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई हस्तान्तरण गरे ।

त्यस्तै वर्ल्ड भिजन इन्टरनेशनले परियोजना सञ्चालनमा रहेको जिल्लाको कृष्णपुर नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वर्ल्ड भिजन इन्टरनेशनलले उक्त नगरपालिकालाई १० वटा अक्सीजन सिलिन्डर, सात थान पिपिई सेट लगायत मास्क, सेनिटाईजर सहयोग गरेको हो । वल्र्ड भिजनले जिल्लामा ९ लाख २८ हजार बढी मुल्य बराबरको स्वस्थ्य सामाग्री सहयोग गरेको हो ।

सुदूररपश्चिमका पाँच वटा जिल्लामा हाल कार्यक्रम सञ्चालन गरिरहेको वर्ल्ड भिजन इन्टरनेशनलले उक्त जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । महामारीको समय उक्त सामाग्रीले नागरिकलाई सेवा प्रवाहमा सहजता आउने वल्र्ड भिजनले अपेक्षा गरेको छ । साथै सामाग्री ग्रहण गदैँ प्रजिअ महतोले सहयोगका लागि वल्र्ड भिजन इन्टरनेशनललाई धन्यवाद दिए

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्