ENGLISH

नेपालको लिम्पियाधुरा र लिपुलेकबिनाको नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

२६ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको प्रतिष्ठामा आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्