अमेरिकामा रहेका कञ्चनपुरवासीको सहयोगमा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न तथा फलफुल वितरण

महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री पनि सहयोग गरिने


महेन्द्रनगर २६ जेठ ।
कोरोना भाईरसको संक्रमणले जनजिवन अस्तव्यत भईरहदाँ वैदेशिक रोजगारीका लागि प्रवासिएका कञ्चनपुरवासीले स्वदेश सम्झीएका छन् । उनिहरुले लकडाउनका कारण समस्या परेको वृद्ध सेवा केन्द्रलाई खाद्यान्न तथा फलफुल वितरण गरेका छन् ।

बुधबार भीमदत्त नगरपालिकाका–१८ का स्थानीय किशोर प्रशाद जोशीद्धारा भीमदत्तका रहेको महिला तथा वृद्ध सेवा केन्द्र वनखेत र वेदकोट नगरपालिका ८ रौटेलामा रहेको बैजनाथ वृद्ध सेवाले सेवालाई खाद्य सामाग्रीसँगै फलफल र मिठाई वितरण गरिएको हो ।
वितरक जोशीले हाल अमेरिकामा रहेको कञ्चनपुरवासीहरुले संकलन गरि पठाएको रकमबाट वृद्ध सेवा केन्द्रलाई सहयोग गरिएको बताए । उनका अनुसार सेवा केन्द्रलाई चामल, दाल, तेल, नुन, स्याउ र मिठाई हस्तान्तरण गरिएको हो ।

अमेरिका रहेका मोहन सिंह विष्ट र हरि सिंह विष्टको पहल रकम संकलन गरिएको थियो । साथै उक्त सहयोग रकमबाट महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना समेत रहेको छ ।

उक्त सामाग्री काठमाडौँबाट आईरहेकोले बिहिबार मात्रै अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको छ । महामारी र अप्ठरोमा जन्मभुमीलाई सहयोग गर्नका लागि अमेरिकामा रहेका ४७ जना कञ्चनपुरवासीले स्वईच्छुक रुपमा रकम दिएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्