किराको प्रकोपले मकैबारी नष्ट हुन थालेपछि देवथलीका किसान चिन्तित

महेन्द्रनगर २६ जेठ ।
दार्चुलाको शैल्य शिखर नगरपालिका–७ देवथलीमा मकैबारी किराले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । विगतका वर्ष झै यसवर्ष पनि गोडमेलको समयमा मकैबारीमा किरा देखिएको हो ।

स्थानीय युवा शंकर जोशीले वर्षेनी किराले मकै नष्ट गदैँ आएको बताए । उनका अनुसार किराले मकै र कोदोका बिरुवालाई खाएर नष्ट पारिरहेको छ । यो किराले मकैको बोटको मूल जरा र काण्ड खाने भएकोले वर्षेनि मकै बारी नष्ट हुने गरेको छ । यस किराको प्रकोप जिल्लाका अन्य स्थानहरु पनि रहेका स्थानीय किसानले बताएका छन् ।
प्राङ्गारिक तथा किटनासक मल प्रयोग गर्दा पनि किराको प्रकोप नियन्त्रण नआएको उनकाृ भनाई छ ।


त्यस्तै स्थानीय किसान ज्ञानदेव जोशीले किराले मकैबारी नष्ट गर्न थालेपछि आफुहरु चिन्तीत भएको बताए । उनका अनुसार आफ्नै बारीमा खेतिपाती गरेर जिविका चलाउने स्थानीय किराको प्रकोप बढ्न थालेपछि चिन्तीत बनेका छन् । किराको प्रकोपपछि उत्पादनमा ह्रास आउने उनको भनाई छ । साथै किसानले किराको प्रयोग नियन्तणका लागि सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्