कृष्णपुरका नगर प्रमुख हमालद्धारा विद्यालय भवन शिलान्यास

महेन्द्रनगर २९ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित एक विद्यालय भवन नगर प्रमुख कर्ण बहादुर हमालद्धारा शिलान्याश गरिएको छ ।
शनिबार नगरपालिकाको वडा नम्बर ६ बसन्तपुरमा महाकाली नमूना माध्यमिक विद्यालयको आठ कोठे भवनको नगर प्रमुख हमालले उद्धघाटन गरेका हुन् ।

विद्यालय भवन शिलान्यास गर्दैहुदै नगर प्रमुख कर्ण बहादुर हमाल ।


संघीय सरकारको बजेटबाट १ करोड २१ लाख २४ हजार ९०० रुपैयाँ लागतमा सो भवन निर्माण भइरहेको बताइएको छ । भवन निर्माणका लागि नाटेश्वरी निर्माण सेवासंग सम्झौता भएको र आगामी ३ महिनाभित्रै भवन निर्माण भइसक्ने नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले विद्यालयको घेर पर्खालका लागि १५ लाख बजेट छुट्याई सो कार्य अन्तिम चरणमा रहेको बताइएको छ । भवन शिलान्यास गदैँ नगर प्रमुख हमालले भवन निर्माणपछि विद्यार्थीको पठनपाठनमा सहजता आउने बताए । उनले नगरपालिकाले शैक्षीक क्षेत्र सुधार र पुर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताए ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले काम गरिरहेको बताउदैँ नगरपालिकाले समृद्ध नगर बनाउने परिकल्पनाका साथ काम गरिरहेको उल्लेख गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्