पुर्व राज्यमन्त्री रावलद्धारा प्रदेश सभामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको माग

महेन्द्रनगर ३० जेठ ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापन गर्न माग गरिएको छ । सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेषनलाई सम्बोधन गदैँ पुर्व राज्यमन्त्री एंवम प्रदेश सभा सदस्य प्रकाश रावलले प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापन गर्न माग गरेका हुन् ।

उनले प्रदेशको स्वास्थ्य अवस्थामा उल्लेख्य रुपमा सुधार गर्न प्रतिष्ठान आवश्यक रहेको बताए । गेटा मेडिकल कलेज र सुदूरपश्चिम विश्वविद्यालय संघिय सरकार अन्र्तगत रहेको उल्लेख गदैँ ‘सेती र महाकाली प्रदेशिक अस्पताल मध्ये एउटालाई शिक्षण अस्पताल र एउटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउनु पर्छ’ उनले भने ।

शैक्षीक प्रतिष्ठानबाट दक्ष जनशक्ती उत्पादन गर्ने र स्वास्थ्य प्रतिष्ठानमार्फत एकिकृत स्वास्थ्य योजना र स्वास्थ्य सेवा विस्तारसँगै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
कोरोना महामारीले ठुलो पाठ सिकाएरकाले यसबाट शिक्षा लिदैँ स्वास्थ्यलाई प्राथमिकतामा पर्नेमा उनले जोड दिए । विगत दुई वर्षका निति तथा योजना कोरोना संक्रमणका कारण कार्यान्वयनमा समस्या देखिएको बताउँदै ‘अहिले विकास भन्दा पनि पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो, तत्काल सबै नागरिकलाई खोप व्यवस्था गरेर निशेधाज्ञालाई हटाउनु पर्छ, यस्तै अवस्था रहे अर्थतन्त्र र जनजीवन झनै प्रभावित बन्छ’ उनले भने ।

निति तथा कार्यक्रमको स्वागत गर्दै पुर्व राज्यमन्त्री रावलले महत्वपुर्ण योजनाको पुर्ण कार्यान्वय भएमात्रै समृद्धीको लक्ष्य पुरा हुने बताए ।
साथै उनले कैलाली, कञ्चनपुर र दार्चुलास्थित सीमा नाकामा तत्काल व्यवस्थीत स्थायी होल्डीङ सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गरे । त्यस्तै उनले अधिवेषनमा बोल्दैँ प्रदेश सरकारले नदी नाला तथा खोलाबाट हुने कटानी तथा बाढी नियन्त्रण लगायत योजना गुरुयोजना बिना नै निर्माण भईरहेकाले बजेट दुरुपयोग हुने जोखिम समेत औल्याए ।


योजना तथा नितिको पुर्ण कार्यान्वयन र बजेटको सदुपयोगका लागि गुरु योजना सहित दिर्घकालिन विकासमा जोड दिनुपर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्