मझगाउँ बिमान स्थल सञ्चालनका लागि भीमदत्तद्धारा नागरिक उड्यन प्राधिकरणको खातामा १ करोड जम्मा

महेन्द्रनगर ३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समय देखि बन्द रहेको मझगाउँ विमानस्थत पुनः सञ्चालन तथा स्तरोन्नतीका लागि एक करोड रुपयाँ खातामा जम्मा गरेको छ ।
त्रियपक्षीय साझेदारी अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणको खातामा एक करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्टले सम्झौता अुनसार नगपालिकाको तर्फबाट व्यहोर्नु पर्ने रकम मध्ये एक करोड रुपयाँ प्राधिकरणको खातामा जम्मा गरिएको बताए । उनका अनुसार बाँकी रकम अशोजसम्ममा जम्मा गरिने छ ।
विमानस्थल सञ्चालन गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबिच लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो ।
गत फागुनमा संघिय सरकारको नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिका बिच विमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नौ बुदेँ सम्झौता पत्रमा विमानस्थल निर्माणका लागि संघिय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भिमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत विमानस्थल सञ्चालन लागत व्यहोर्नु पर्ने उल्लेख गरिएको छ ।
४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थल ३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले हातेमालो गरेका हुन् ।
सम्झौता अनुसार विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ जसबाट साना आकारका विमान उडान वा अवतरण गर्न सकिने छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विमान स्थल पुनः सञ्चालनका लागि नगरपालिकाकोतर्फबाट कुनै कसर बाँकी नराखिने बताए । उनले यस क्षेत्रको अािर्थक विकास र समृद्धीसँग जोडिएको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले बहन गर्नुपर्ने दायित्वबाटपछि नहट्ने स्पष्ट पारे ।
साथै उनले संघिय र प्रदेश सरकारलाई सम्झौता अनुसार बिमानस्थलको निर्माण पक्रिया अगाडी बढाउन समेत आग्रह गरे ।
बिमानस्थल सञ्चालनका लागि नगरपालिकाले रकम जम्मा गरेपछि मझगाउँ विमानस्थल सञ्चालनमा हुनेमा स्थानीय आशावादी देखिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्