ENGLISH

अमेरिकी र चिनियाँ कम्पनीबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी

परराष्ट्रमन्त्री भन्छन्मं: सिर ३ गतेसम्म सबैलाई खोप लगाउँछौं

काठमाडौं । सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भएको जनाएको छ ।

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले बताए ।

‘जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज ल्याउन विश्व बैंकलाई भनेका छौं । यो खरिदमा सरकार सहभागि हुँदैन’ मन्त्री महासेठले भने, ‘सरकारले विश्व बैंकलाई रिक्वेस्ट गरेको छ ।’

४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारी समेत महासेठले दिए । साथै, नन–डिस्क्लोजर सहमतिअनुसार चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु हुन लागेको जानकारी समेत उनले दिए ।

प्रक्रिया सुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले चीनसँग खोप खरिदका लागि सहमति प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना रहेको जनाइएको छ । मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।

सरकारले इजरायलसँग पनि खोप खरिदका लागि संवाद गरिरहेको महासेठले जानकारी दिए । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको महासेठले जनाए । सबै नेपाललाई खोप लगाउन अढाइ करोड खोज आवश्यक पर्न सक्ने र खरिद गर्नुपर्ने उनले जनाए ।

खोप खरिदमा केही सातामै ब्रेकथ्रु: राष्ट्रपति कार्यालय


राष्ट्रपति कार्यालयले पनि केही सातामै खोप खरिदबारे ब्रेकथ्रु हुने बताएको छ । राष्ट्रपतिका संचारविज्ञ टीका ढकालले केही साताभित्रै पत्राचार गरिएका मुलुकबाट खोप खरिदबारे निर्णय हुने सम्भावना रहेको बताए ।

राष्ट्रपतिले यसअघि जापान, चीन, रुस र अमेरिकी समकक्षीलाई खोप आपूर्तिमा विशेष पहल गर्न आग्रह गरेकी छिन् । जसअनुसार चीनले १० लाख डोज उपलब्ध गराएको छ । राष्ट्रपतिले बेलायती महारानीलाई समेत पत्र लेखेकी छिन् ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्