भीमदत्त र निड्स नेपालको साझेदारीमा सामुहिक व्यवसायिक केरा खेती सुरु

महेन्द्रनगर ३ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ स्थीत राजिपुरमा सामुहिक तरकारी खेती सुरु गरिएको छ । भीमदत्त नगरपालिकामा महिला समुहले व्यवसायीक केरा खेतीको सुरुवात गरेका हुन् । बिहीबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १ राजीपुरमा महीला समुहले संञ्चालन गरेको व्यवसायीक केरा खेतीको औपचारीकरुपमा उद्धघाटन गरिएको छ ।


भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले महिला समुहले सरु गरेको व्यवसायीक केरा खेतीको उद्धघाटन गरेका छन । नगरप्रमुख सुरेन्द्र विष्टले केराको बिरुवा रोपेर व्यवसायीक केरा खेतीको उद्धघाटन गरेका हुन् ।


भीमदत्त नगरपालिलका र युएनडीपीको साझेदारीमा संञ्चालीत केरा खेतीले १० जना महीला समुह लाभान्वित हुने छन । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले करिब २ विघा क्षेत्रफलमा थोपा सिचाँई प्रणालीबाट केरा खेती गरिने बताए ।
उनका उनका अनुसार सामाजिक उद्यमशिलता महिला समुहले सुरुवात गरेको व्यवसायीक केरा खेतीलाई नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत सुरु गरिएको हो ।

युएनडीपिको सहयोगमा निड्स नेपालले भीमदत्त नगरपालिकामा कोभिड १९ प्रतिकार्य तथा आर्थिक सामाजिक पुर्नरलाभ परियोजना सञ्चालन गरिरहेको छ । कार्यक्रममा संस्थाकी अध्यक्ष अञ्जु जोशी भट्टसहितको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्