प्रशंसा संरक्षण समितीद्धारा कञ्चनपुरको स्वास्थ्य अवस्थाबारे अन्र्तक्रिया

महेन्द्रनगर २० असार ।

नागरिक स्तरबाट स्वस्फूर्त एंव स्वयंसेवि रुपमा स्थापना भएको प्रशन्शा संरक्षण समिती कोभिड–१९ व्यवस्थापन तथा सहजीकरण समिती सुदुरपश्चिम प्रदेशले कञ्चनपुरको स्वास्थ्य अवस्थाबारे अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
शनिबार भर्चुअल माध्यमबाट कञ्चनपुर जिल्लाको स्वास्थ् हिजो आज र भोलि शिर्षकमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । सरकारी एवम गैरसरकारी संघ संस्थाका प्रतिनिधि गरि ३० जना सहभागी रहेको उक्त कार्यक्रमको सहजिकरण स्वस्थ्य तथा जनसंख्या मन्त्रालय स्वस्थ्य विभागका सेवा निवृत महानिर्देशक डा.लक्ष्मीराज पाठक, वरिस्ठ स्त्री रोग विशेषयज्ञ डा. गणेश बहादुरले गरेका थिए ।


कञ्चनपुरका सबै स्थानीय तहका प्रमुख, उप प्रमुख, अन्य जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुखलाई अनिवार्य रुपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिस्ट र पुनर्बास नगरपालिकाका उप मेयर शारदा बिस्ट बाहेक अन्यको उपस्थिती नगरहेको समितिका कञ्चनपुर फोकल प्रश्न उत्तम विष्टले बताए । उनका अनुसार विभिन्न संघसस्थाकोतर्फबाट भने उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालले कोभिड बिमारीहरुको लागि गरिरहेको उपचार पद्दती सेवा सुविधा एवंम अगामी रणनीति सम्बन्धी जानकारी अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.गोबिन्द रोकाया गराएको थिए ।
सबैको जोड उपचारमा र खोप उपलब्धता रहे पनि स्वास्थ बिज्ञ डा.लक्ष्मीराज पाठकले होम आइसोलेशन र पुर्वसतर्कता नै कोरोना रोकथामको उत्तम विकल्प भएको बताए । भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिस्टले कोभिड–१९ दोस्रो चरणबाट पाठ सिकेर तेस्रो चरण कोभिडको प्रभावकारि रुपमा रोकथामका निम्ति सरोकारवाला निकायसङ्ग समन्वय र सहकार्य गरिने बताए ।


त्यस्तै पुनवार्स नगरपालिकाकी उप मेयर शारदा बिष्ट ले विद्यालयमा राखिएका आइसोलेशन सेन्टरहरुलाइ प्रतिस्थापन गरि होल्डिङ सेन्टर निर्माण गर्ने र सिमा नाकालाइ व्यवस्थित गर्ने पर्ने कुरामा जोड दिईन् ।

कार्यक्रममा नगरिक समाज, गैसस महासङ्घ, फेकोफन, नेपाल रेड्क्रस सोसाइटी ,पत्रकार महासंघ, वान सुदुरपश्चिम, शिक्षक बुद्धिजीवी ,समाजसेवी र आम नागरिक को उपस्थिति रहेको थियो । कञ्चनपुर जिल्ला फोकल पर्सन उत्तम बिस्टले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता सचिव अम्बादत्त भट्ट र धन्यबाद ज्ञापन अधिबक्ता प्रकाश बहादुर पान्डे गरेको थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्