नेपाली काँग्रेस क्रियाशिल सदस्यता छानविन समितिका संयोजक लेखककै क्षेत्रमा विधान विपरित क्रियाशिल सदस्यको नाम सिफरिस

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखककै निर्वाचन क्षेत्रमा पार्टीको विधान विपरित क्रियाशिल सदस्यको नाम सिफरिस गरिएको छ ।

आइतबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सहससिचव लेखराज जोशीले प्रेस विज्ञप्ति जारि गर्दै जिल्ला पार्टी सभापति हरी प्रसाद बोहराले विधान विपरित, कार्य समितिमा कुनै छलफल नगरि क्रियाशिल सदस्यहरुको नाम सिफरिस गरेको जनाएको छ ।

‘पार्टी सभापति हरी प्रसाद बोहराले पार्टीको विधान विपरित कार्य समितिमा कुनै छलफल नगरि क्रियाशिल सदस्यहरुको नाम सिफरिस गर्नु भएको छ ।’ सह–सचिव जोशीले भने ‘पार्टीको विधान अनुसार पुरानो क्रियाशील नविकरण वडाको सिफारिसबिना हुँदैन । तर, पार्टी सभापतिले कुनै पनि निकाय संग छलफल नै नगरि सिफारिस गर्नु भएको छ ।’

नेपाली काँग्रेसको आधिकारीक वेबसाइट मा नाम प्रकाशित हुदाँ छुटेका र सच्चयाउनु पर्ने बाहेक जिल्लाका विभिन्न वडाहरुमा प्रक्रिया नपुर्याइ सिफारिस गरिएका कुनैपनि नाम क्रियाशिल सदस्यको सूचिमा समावेश नगर्न केन्द्रिय छानविन समितिलाई माग गरिएको उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्