ENGLISH

गड्डाचौकी नाकामा आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री जोशीद्धारा अनुगमन

महेन्द्रनगर २१ असार ।
नेपालको पश्चिमी नाका गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले अनुगमन गर्नु भएको छ । उनले सोमबार बिहान नाकामा पुगेर स्थलगत अनुगमन गरेकी हुन् ।


होल्डीङ सेन्टर निर्माण, शान्ती सुरक्षाको अवस्था लगायत अन्य विपद तथा जोखिमबारे नाकामा पुगेर मन्त्री जोशीले जानकारी लिएकी छिन् । नाकामा अनुगमनका क्रममा मन्त्री जोशीले प्रदेश सरकारले नाकालाई व्यवस्थीत बनाउदै सुरक्षा व्यवस्थालाई बलियो बनाउन जोड दिएको उल्लेख गरिन् ।


गत जेठ मन्त्री परिषद् विस्तार भएकापछि मन्त्रालयको जिम्मेवारी समालेकी आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीले शान्ती सुरक्षा, विपद् व्यवस्थापन र सुशासनका उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताईन् ।


‘सीमा विवादको समाधानका केन्द्र सरकारको जिम्मेवारी भित्रको विषय हो । यसको समाधानकाका लागि संघिय सरकारलाई पहल गर्छ ।’ मन्त्री जोशीले भनिन् ‘मैले संघिय मन्त्रालयसँग यस विषयमा निरन्तर सम्पर्कमा छु, सीमा सुरक्षा दिर्घकालिन रुपमा हल हुनुपर्छ ।’


साथै गड्चौकी नाकामा भारत जाने नागरिकको पिसिआर तथा एन्टीजेन परिक्षणका लागि सम्बन्धी स्थानीय तहले जिम्मेवारी लिनुपर्ने पनि उनको भनाई छ । त्यस्तै मन्त्री जोशीले नेपाल शसस्त्र प्रहरी गड्डाचौकी बिओपी, कारागार कार्यालय कञ्चनपुरको पनि स्थलगत अनुगमन गरेकी छिन् ।


त्यस्तै अनुगमनका क्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सीमाको अवस्थाबारे मन्त्री जोशीलाई बिफ्रीङ गरेका थिए । उनले सीमा लाई व्यवस्थीत बनाउनका लागि भीमदत्त सहकार्य गर्न तयार रहेको बताए । भीमदत्त नगरपालिकाले सीमा अस्थायी होल्डीङ सेन्टर र हेल्थ डेस्क स्थापना गरि सेवा दिईरहेको छ ।


नगर प्रमुख विष्टले तत्काल स्थायी होल्डीङ सेन्टर निर्माणका लागि काम सुरु गर्नु पर्ने औल्याए । साथै नगरपालिकाले सीमा सुरक्षामा सुरक्षाकर्मीको मनोबल उच्च बनाउन भौतीक पुर्वाधार निर्माण कार्यमा सहयोग गरेको नगर प्रमुख विष्ट बताए ।


नाकामा सुदूरपश्चि प्रदेश सरकारका भुमी व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द, कञ्चनपुरका प्रमुख जिल्ला जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्