ENGLISH

लुम्बिनी बैक महेन्द्रनगर शाखाद्धारा वार्षिकोत्सवका अवसरमा अनाथालयमा प्रोटिनयुत्त खानेकुरा सहयोग

महेन्द्रनगर २५ असार । शुक्रबार लुम्बिनी विकास बैंक स्थापनाको १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महेन्द्रनगर शाखाले सामाजिक कार्य गरि वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयमा प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको छ ।


लुम्बिनी विकास महेन्द्रनगर शाखा प्रमुख अशोक जोशीले वार्षिकोत्सवका अवसरमा अनाथालयमा सहयोग गरिएको बताए । उनका अनुुसार अनाथालयमा रहेका बालबालिकालाई प्रोटिनयुक्त खानेकुरा सहयोग गरेको हो । महेन्द्रनगर शाखाले अनाथालयमा अण्डा, मासु र चामल सहयोग गरेको उनको भनाई छ ।

बैकका महेन्द्रनगर शाखा प्रमुख जोशि कार्यकक्षमा ।


‘साना बालबालिकाको वृद्धि विकासका लागि प्रोटिनयुक्त खानेकुराको आवश्यक पर्छ ।’ बैक शाखा प्रमुख जोशीले भने ‘सोही कुरालाई मध्यनजर गदैँ बैकको यस शाखाले थोरै भए पनि सहयोग गरेको छ ।’ यस्ता क्षेत्रहरुमा सबैले सक्दो सहयोग गुर्नपर्ने उनको भनाई छ । सानो सहयोगले पनि बालबालिकाकालाई ठुलो राहत मिल्न सक्ने बताउँदै बैक म्यानेजर जोशीले भने ‘सामाजिक कार्यमा सबैले हातेमाले गर्नुपर्छ, विशेष गरि बालबालिकाहरु भविष्यका कर्णधार हुन् त्यसैले पनि यस क्षेत्रमा सबैले चाँसो र सहयोग गर्नुपर्छ ।’


गत वर्ष पनि महेन्द्रनगर शाखाले अनाथालयमा र वृद्ध सेवा केन्द्रमा खाद्यान्न तथा फलफुल सहयोग गरेको थियो ।
बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट प्राप्त सहयोग, शुभेच्छाको लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक, गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ । बैंकले हाल देशभरका ७२ शाखाहरुबाट करिब ३ लाख ग्राहकलाई सेवा दिदै आएको छ ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्