ENGLISH

देशभर २,३७० कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

२८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कहाँ कति थपिए संक्रमित

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३÷१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८÷४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्