भीमदत्त–१२ को वडा कार्यालय भवन उद्धघाटन

महेन्द्रनगर ३० असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवन उद्धघाटन गर्नु भएको हो । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिने योजना योजना अनुरुप कार्यालय भवन निर्माण गरिएको हो ।


२ करोड १० अनुमानित लागत रहेको उक्त भवन १ करोड ५८ लाखमा निर्माण कार्य सम्पन्न भएको छ । कार्यालय भवनको उद्धघाटन गदैँ नगर प्रमुख विष्टले सबै वडामा आफ्नै पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।


उहाँले वडाको सेवालाई सहज बनाउन र सामुदायिक भवनको रुपमा काम पनि प्रयोग गर्न सकिने गरि कार्यालय भवनहरु निर्माण गरिएको बताउनु भयो । भीमदत्त नगरपालिकाले हालसम्म ४ वटा आफ्नै वडा कार्यालय भवनको निर्माण गरि सेवा दिईरहेको छ । भने एउटा उद्धघाटन हुन बाँकी र दुई वटाको निर्माण कार्य अन्तिम चरण रहेको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले स्वास्थ्य लगायतका अन्य क्षेत्रमा पनि प्राथमिकताका आधार पुर्वाधार निर्माण गरि सेवा दिईरहेको नगर प्रमुख विष्टको भनाई छ । नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरि प्रतिफल र उत्पादनमुखीे नीति लिएको छ । साथै वडा नम्बर १२ मा पर्यटन सुचना केन्द्र र भ्यु टावर बनाउने योजना समेत रहेको भवन उद्धघाटनका क्रममा नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।


त्यस्तै भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनु भयो । उहाँका अनुसार भवन निर्माण भएपछि जनतालाई सेवा दिन सहज भएको छ ।

वडा कार्यालय विकास निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाएको उहाँले बताउनु भयो । अगामी आर्थिक वर्षमा सीप मुलक तालिम, युवा लक्षीत कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने उहाँको भनाई छ । त्यस्तै बुधबार नै वडा कार्यालयसँगै रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र नवनिर्मित भवनको पनि नगर प्रमुख विष्टद्धारा उद्धघाटन गरिएको छ ।

उद्धघाटन कार्यक्रम भीमदत्त नगरपालिका नगर प्रवत्ता हिमाल चन्द, वडाध्यक्ष, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट, प्रशासकीय अधिकृत हरि सिंह धामी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्