कृषी आधुनिकिकरण परियोजना र उदयदेव सहकारीको साझेदारीमा बीउ प्रशोधन केन्द्र निर्माण, नगर प्रमुखले गरे विष्टले उद्धघाटन

महेन्द्रनगर ३० असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका –१९ बागफाँटामा बीउ प्रशाोधन केन्द्र निर्माण गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कञ्चनपुर र उदयदेव बहुउश्द्देयीय सहकारीको सहकार्यमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको हो ।


केन्द्रको बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्धघाटन गर्नु भयो । बीउ प्रशोधन केन्द्रको उद्धघाटन गदैँ नगर प्रमुख विष्टले कृषीलाई आधुनिकिरण, व्यवसायिकरण र यान्त्रीकरण गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । ‘नगरपालिकाले प्रत्येक वर्ष अनुदानमा बीउ वितरण गदैँ आईरहेको छ ।’ उहाँले भन्नुभयो । ‘उत्पादनका लागि बीउ नै प्रमुख कुरा हो, प्रशोधन केन्द्र निर्माण भईसकेपछि स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन हुन्छ, यसले कृषी विकासमा सहयोग पुग्छ ।’

साथै कृषीमा आत्म निर्भर बन्नका लागि व्यवसायिकरणमा जोड दिने र जग्गा खण्डीकरणलाई रोक्नु पर्ने उहाँको सुझाव छ । त्यस्तै भुमी बैंक र भुउपयोग नीतिको समेत आश्यकता रहेको उहाँले औल्याउनु भयो ।
प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले कृषीको विकासका लागि बीउ प्रशोधन केन्द्र अत्याआवश्यक रहेको बताउनु भयो । उहाँले उन्नत बीउ उत्पादनमा आत्म निर्भर बन्न सके उत्पादनलाई सहजै बढाउन सकिने समेत बताउनुभयो ।


कृषीमा आधुनिकिकरण र व्यवसायिकरणका लागि केन्द्रको निर्माण गरिएको उदयदेव बहुउश्द्देयीय सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार ८१ लाख ४३ हजार लागतमा निर्माण गरिएको बीउ प्रशोधन केन्द्रमा सहकारीले ४३ लाख १० हजार र परियोजनाले ३८ लाख ३२ हजार लगानी साझेदारी गरेका छन् ।


केन्द्रमा सीड ग्रेडर, सीड ट्रिटर, ईलिभेटर, बोरा सिउने मेसिन, वीउ स्याम्पलर, जोख्ने मेसिन, काठको फ्लाक लगायतका सामाग्री राखिएको छ भने कार्यालय भवन पनि छुट्टै निर्माण गरिएको छ । सहकारीले गत वर्षबाट कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याएकोमा ८ सय बढी किसानलाई सेवा दिएको कार्यकारी अधिकृत चन्दको भनाई छ । साथै सहकारी कृषीले कृषी यन्त्र थप गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । सहकारी शेयर सदस्यलाई उत्पादन र कृषीसँग जोड्दै आत्म निर्भर बनाउने नीति लिएको छ ।


जिल्लामा चार वटा बीउ प्रशोधन केन्द्र निर्माण भएको बताउँदै परियोजना कार्यालय प्रमुख रिमालले उन्नत बीउ उत्पादन गर्न सके यस क्षेत्रको कृषी विकासमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले प्रशोधन केन्द्रबाट गुणस्तरिय बीउ उत्पादन गर्ने बताउनु भयो । उहाँले जमिन लिजमा लिएर भएपछि ठुलो क्षेत्रफल एकै किसिमले बाली लगाउन सके बिउ उत्पादनमा सजिलो हुने बताउनुभयो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्