भीमदत्तमा फोहर मैला व्यवस्थापनका लागि हरित पुनःस्थापना प्रवर्द्धन आयोजना सञ्चालन

कञ्चनपुर, ०३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाको फोहर मैला व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित गर्न युएनडिपीको आर्थिक सहयोग र भीमदत्त नगरपालिकाको साझेदारीमा निड्स नेपालले हरित पुनःस्थापना प्रवर्द्धन आयोजना सञ्चालन गरेको छ । झण्डै १० महिनासम्म सञ्चालन हुने उक्त परियोजनाको आइतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले नगरपालिकाको सुरुवाती इतिहास नै फोहर मैला व्यवस्थापन गर्नका निमित्त भएको उल्लेख गर्दै भीमदत्त नगरपालिकाले फोहर मैला व्यवस्थापनको लागि आवश्यक सबै कदम उठाउने र उक्त कार्यका लागि सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताउनु भयो । फोहर मैला व्यवस्थापनको लागि भीमदत्त नगरपालिकाले निजी क्षेत्रसँग साझेदारी गर्न पनि तयार रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गर्नुभएको छ ।

कार्यक्रममा पिजिआरपीका परियोजना संयोजक केशव राज पन्तले उक्त परियोजनाको उद्देश्य सहितको भावी कार्य योजना प्रस्तुत गर्नुहुँदै फोहर मैला व्यवस्थापनलाई आगामी दिनमा आर्थिक उत्पादनसँग प्रत्यक्ष जोड्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्देश्य र निड्स नेपालले भीमदत्त नगरको फोहर मैला व्यवस्थापनका लागि चालेका कदमका बारेमा प्रष्ट पार्दै निड्स नेपालका कार्यकारी निर्देशक भव राज रेग्मीले फोहर मैला व्यवस्थापनसँगै हरियाली कायम गर्न नगर भित्र रहेको खाली जमिनलाई हरियाली पार्कमा परिणत गर्नुपर्ने र कुहिने फोहर मैलाबाट घर–घरमै प्राङ्गारिक मल बनाउनु जरुरी भैसकेको बताउनु भयो ।

महेन्द्रनगर स्थित सिद्धार्थ होटेलमा आयोजित कार्यक्रमको अध्यक्षता भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण भीमदत्त नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्नाले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूले बढ्दो बजारीकरणसँगै फोहर मैला व्यवस्थापन चुनौतीको रूपमा देखिन थालेको कुरा सर्वविदित रहेकोले दिगो समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।


भीमदत्त नगरपालिकामा विभिन्न वडाबाड भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका ८ हजार बढी निवेदनहरु संकलन भएका छन् । तिनको अद्यावधिकको काम चलिरहेको छ । नरगपालिकाले सिटि हलमा भूमि आयोगको कार्यालय स्थापन गरेर धमाधम अद्यावधिकको काम गरिरहेको छ । सिटि हलमा भूमि आयोगकको कार्यालय पनि आइतबार नै स्थापना गरिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्