ब्रह्मदेवमा बर्थीङ सेन्टरः गर्भवती महिलाले गाउँमै पाउने भए प्रसुती सेवा

महेन्द्रनगर ६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले आधारभुत स्वास्थ्य सेवा सबै नागरिकको पुहँचमा पु¥याउने कार्यलाई तिव्रता दिएको छ । नगरपालिकाले नगरको उत्तरी भेगका जनतालाई स्वास्थ्य संस्थामा सेवा दिन थप सेवा विस्तार गरेको हो ।
भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव शहरी स्वास्थ्य केन्द्रमा प्रसुती सेवा पनि सुचारु गरिएको छ । बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रसुती केन्द्रको उद्धघाटन गरे । १० वर्ष अघि स्थापना भएको स्वास्थ्य केन्द्र स्तरोउन्नती गदैँ अहिले प्रसुती सेवा पनि सञ्चालनमा आएको हो ।


केन्द्र सञ्चालनमा आएसँगै भौगोलिक रुपमा दुर्गम मानिने भीमदत्तको यो क्षेत्रका गर्भवती महिलाले गाउँमै सेवा पाउने भएका छन् । यस अघि त्यहाँका प्रसुतीका लागि जिमुवा स्वास्थ्य चौकी, महाकाली अस्पतालसँगै धनगढीसम्म धाउनु पर्ने बाध्यता थियो ।
प्रसुती केन्द्रको उद्धघाटन गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनका अनुसार नगरपालिकाले हाल २३ वटा स्वास्थ्य संस्थाबाट सेवा दिई रहेको छ । नगरपालिकाले वडा नम्बर ९, १० र १६ मा बर्थीङ सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नम्बर ६ मा पनि प्रस्तुती सेवा केन्द्र सञ्चालनको तयारी छ । केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ती, स्वास्थ्य उपकरण र औषधीको समेत व्यवस्थापन गर्नका लागि नगर प्रमुख विष्टले निर्देशन समेत दिएको छन ।


‘विशेष गरि यस क्षेत्रको समग्र विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । नगर प्रमुख विष्टले भने ‘नगरमा आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुती गराउनु हाम्रो लक्ष्य हो, स्वास्थ्य पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनका लागि आवश्यक काम निरन्तर भईरहेको छ । महाकाली अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकका लागि पनि नगरपालिकाले अनुदान सहयोग गदैँ आएको छ ।’


साथै चुरेसँग जोडिएको यस क्षेत्रको विकासका लागि काम भईरहेको उनको भनाई छ । नगरपालिकाले उत्तरी क्षेत्रलाई यातायातसँग जोड्न जैविक मार्ग निर्माण गरेको छ । जसलाई केन्द्र सरकारले केन्द्रीय योजनामा राखेर कालोपत्रेका लागि २५ करोडमा ठेक्का सम्झौता समेत गरिसकेको छ ।


त्यस्तै भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले लामो समयपछि प्रसुती केन्द्र सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको बताए । उनले स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन विभिन्न कार्यक्रम सञ्चालन हुदैँ आएको बताए । गाउँमै प्रसुती केन्द्र सञ्चालन भएपछि प्रसुती सेवाका लागि सदमुकाम धाउनु पर्ने बाध्यता हटेको उनको भनाई छ ।

ब्रह्मदेव शहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द सिंह धामीले १० वर्षपछि प्रसुती सेवा सुरु भएको बताए । उनका अनुसार केन्द्र सञ्चालनका आएपछि त्यस क्षेत्रका गर्भवती महिलाले सहजै सेवा पाउनेछन् । स्वास्थ्य सेवालाई विस्तार गर्दै बर्थीङ सेन्टर स्थापना भएपछि स्थानीय हर्षीत भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्