ENGLISH

महन्थलाई देउवाको प्रश्न– सरकारमा आउने हो र ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच ‘वान टु वान’ वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्रीसँग जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराएको बताइएको छ । जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्षज्यूले पार्टीका राजनीतिक मागहरू राख्नुभएको छ । विश्वासको मत दिनुअघि नै प्रधानमन्त्रीले केही प्रतिबद्धता गर्नुभएको छ । त्यसैलाई स्मरण गराउने काम भएको छ’, ठाकुरनिकट एक नेताले भने ।

ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताएका थिए । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राखेका थिए । ‘प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो, माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो र सरकारमा आउनेबारे महन्थजीको धारणा सोध्नुभयो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

जवाफमा ठाकुरले सरकारमा सहभागी हुनेभन्दा माग पूरा गराउने आफ्नो उद्देश्य रहेको बताएका थिए । ठाकुरले सरकारले आफ्ना माग पूरा गर्न सक्रियता देखाए सरकारमा सहभागी हुन समस्या नरहेको बताएका थिए । ‘हाम्रो पार्टीमा केही समस्या छ, त्यो टुंगो लाग्नुपर्ने छ । हाम्रो माग पूरा गर्नुप¥यो, सरकारमा जानेबारे हामी विचार गर्छौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्