छाडा चौपायालाई रिफ्लेक्टिभ स्टिकर (फोटो फिचर)

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्रमा रहेका छाडा गाई–गोरुको घाँटीमा रिफ्लेक्टिभ स्टिकर लगाउन सुरु गरिएको छ ।

No description available.

विहिबार एक कार्यक्रमका बिच छाडा चौपायाका कारण हुने सवारी दुर्घटना न्यून गर्न भन्दै सडकमा रहेका छाडा पशु चौपायाको घाँटीमा राती टल्किने स्टिकर लगाउन सुरु गरिएको हो ।

No description available.

रातिको समयमा गाईबस्तुहरु बीच सडकमै सुतिरहने र दु्रत गतिमा आएका सवारीहरु अनियन्त्रित भई दुर्घटना हुने गरेका कारण टाढैबाट चम्किने स्टिकर लगाउन सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी निरीक्षक केशव राज भट्टले बताए ।

No description available.

उनले भने ‘जिल्ला ट्राफिक कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय,प्रमुख जिल्ला अधिकारी तथा अन्य समाजसेवीका सक्रियतामा रिफ्लेटिभ स्टिकर लगाउने कार्य शुरु गरिएको हो ।’

No description available.

रातिको समयमा छाडा पशु चौपायाबाट हुने दुर्घटनामा रिफ्लेटिभ स्टिकरले केही सहज गरोस भन्ने उद्देश्यले यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

No description available.

‘गौरक्षा तथा मानवीय क्षति न्यूनीकरण होस् भन्ने हेतुले छाडा पशु चौपायाहरुको घाँटीमा चम्किने रिफ्लेटिभ स्टिकर लगाउने अभियान सञ्चालन गरेका हौं,’ वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवम् प्रहरी निरीक्षक अमर बहादुर माझीले भने, ‘यो कार्यको सुरुवात भैसकेकाले अब हामी सबै मिलेर गौ रक्षा तथा मानवीय क्षति न्यूनीकरण गर्न लाग्नु पर्छ ।’

No description available.

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपायाको विषय पटक–पटक उठ्ने गरेको छ । खेतवाली नस्ट गरेकोदेखि सवारी दुर्घटना निम्त्याएको सम्मका दुखेसो आउने गरेका छन् ।

स्थानीय सरकारहरुले छाडा चौपायाको व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरेको भए पनि कुनै उपलब्धि देखिएको
छैन ।

No description available.
No description available.
No description available.
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्