भारतीय पक्षको जवाफ–तुुइनबाट युुवक खसेको घटनामा एसएसबीको संलग्नता छैन

महेन्द्रनगर । शुक्रबार व्यास गाउँपालिका–२ मालका जयन्द्र सिंह धामी महाकाली नदीमा तुुइनबाट खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतिय एसएसबीको संलग्नता नरहेको दाबी गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाउनुु भएको छ,’ दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘तुुइन तर्ने क्रममा नसकेर युुवक आफै खसेका हुुन् । बाहिर आए जस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुु भएको छ ।’

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा डिउटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी स्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए । ‘डिउटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो, ’ पत्रमा उल्लेख भएको कुुरा बताउँदै प्रजिअ जोशीले भने, ‘तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’

घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरिसकेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

यद्यपी प्रतक्षदर्शीले भने जयन्द्र धामी चढेको तुइन एसएसबीले काटिदिँदा महाकाली नदिमा खसेर बेपत्ता भएका जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्