नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले किन सन्यास लिए ?

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका छन् ।

उनले आज बिहानै आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै अन्तराष्ट्रिय क्रिकेट खेलबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

‘सम्पूर्ण क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु,’ पारसले पत्रमा उल्लेख गरेका छन् ।

अब अन्तराष्ट्रिय क्रिकेट नखेल्ने घोषणा सार्वजनिक गरेका पारसले सन्यान लिनुको कारण भने खुलाएका छैनन् ।

झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्