डोटी र कैलालीका अदुवा जर्मनी निर्यात हुँदै

महेन्द्रनगर । डोटी र कैलाली जिल्लामा उत्पादित जैविक अदुवा जर्मनी निर्यात भइरहेको छ । डोटीको दक्षिणी र कैलालीको चुरे गाउपालिकामा उत्पादित उदुवा प्रशोधन गरी जर्मनी निर्यात हुदै आएको छ ।

सो क्षेत्रमा उत्पादन हुने जैविक अर्गानिक अदुवा प्रशोधन गरेर बनाइने सुठो चना जर्मनी निर्यात हुने गरेको छ । चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरीद गरेर अर्गानिक अदुवाबाट सुठो तयार पार्ने गरेको छ । प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले उक्त क्षेत्रवाट वार्षिक करीब २० टन अदुवा प्रशोधनका लागि खरीद गरिने बताए ।

उनका अनुसार सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ । कैलालीको चुरे र यो सँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन् । यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्