अछामी बड्डाकोे ‘जान्या होई की मेरा पोइल’ सार्वजनिक [भिडियोे]

महेन्द्रनगर । चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) र पुर्णकला बिसीको स्वर रहेको ‘जान्या हाई की मेरा पोइल’ गीत सार्बजनिक भएको छ ।

बुधबार एक कार्यक्रमका बिच अछामी बड्डो युट्यूब च्यानलबाट उत्त गीत सार्वजनिक गरिएको छ । उक्त गितको म्युजिक भिडियोमा मोडेलमा लाल बहादुर धामी( अछामी बड्डो), प्रदिप पाल,अनु खड्का लगाएत रहेका छन् भन म्युजिक भिडियो निर्देशन भीम थापाले गरेका छन् ।

त्यस्तै छायाङकन डिबि राउले, सम्पादन प्रविन रेश्मी मगर, एरेन्ज विनोद बाजुरेली,शब्द राजेन्द्र शाह,मिक्सिङ खड्क बाजुरेलीले गरेका छन् ।

यसअघि चर्चित देउडा गायक अछामी बड्डाका अछामी बड्डो,छोपुला तालको माछो,बाझकली,यो सराबी बड्डो, गण्यौ भेट,नाच बड्डाउ नाच लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्