सिभिल बैंकको ११५ औ शाखा महेन्द्रनगरमा

महेन्द्रनगर: “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल बिस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा पनि आफ्नो ११५ औ शाखा संचालन मा ल्याएको छ। बिहिबार उक्त शाखाको समउद्घाटन भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिस्टले गर्नु भयो ।

शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा भिमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले महेन्द्रनगरमा वित्तीय पहुच वृद्धि गर्नको साथै वित्तीय स्थर बढाउन यस शाखाले टेवा पुर्याउने कुरा बताउनु भयो।

व्यापार व्यवसाय बिस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका वासिन्दा हरुलाई आफुलाई आवस्यक पर्ने पूजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको स-सानो पुजीलाई पनि बैंकमा निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह समेत गर्नु भयो।

Photo: Manoj Lekhak / At: Civil Bank Mahendranagar

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिंङ प्रमुख भोला बहादुर बिस्टले बैंक भनेको आर्थिक समृद्धिको सययात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताउनु भयो।

पुर्व मेची देखि पश्चिम महाकाली सम्म नेपालभर छरिएका ११५ शाखाहरु गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्ध रहेको तथा हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीको विषम परिस्थितिमा बजारमा प्रदान गरिएको ब्याजदर भन्दा सिभिल बैंकले सर्बाधिक ब्याजदर प्रदान गर्दै आएकोले यसको लाभ उठाउन पनि अपिल गर्नुभयो।s

बैंकले हालसम्म करिब छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियम (ATMs) हरु मार्फत सम्पूर्ण बैंकिंङ सेवा तथा सुविधाहरु प्रदान गर्दै करिब रु. एकानब्बे (९१) अर्ब भन्दा बढी निक्षेप परिचालन गरि रु पचासी (८५) अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्