‘भीनपाले कार्यविधि अनुसार दरबन्दि मिलान गरेको भए सूचना किन सार्वजनिक गर्दैन ?’

महेन्द्रनगर । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकहरु विच दोहोरो झडप भयो । झडपमा दुवै पक्षका २१ जना भन्दा बढी घाइते भए ।

भीमदत्त नगरपालिकाले आफ्ना मान्छे छानीछानी मनमानी तरिकाले कार्यविधि विपरित शिक्षक दरबन्दि मिलान गरेको भन्दै काँग्रेस निकट नेपाल शिक्षक संघले नगरपाकिलाको मुल गेटमा लगाएको ताला प्रहरीले तोडेपछि दोहोरो झडप भएको थियो ।

भीमदत्त नगरपालिकाले गरेको दरबन्दि मिलान कार्यविधि विपरित भएको भन्दै नेपाल शिक्षक संघ विगत ३५ दिन देखी शान्तिपूर्ण रिले अनसनमा बसेको थियो ।

यद्यपी नगरपालिकालले माग सम्बोदन नगर्दा शुक्रबार शिक्षक संघका मागलाई एक्यवद्धता जनाउन नेपाली काँग्रेस,नेपाल विद्यार्थी संघ लगाएतका भातृ संगठनका नेता कार्यकर्ता पनि नगरपालिका पुगेका थिए । लामो समय सम्मपनि भीमदत्त नगरपालिकाले आफ्ना माग सम्बोदन नगर्दा शान्तिपूर्ण आन्दोलमा अरुको घुसपैठ भएर घटना घटेको नेपाल शिक्षक संघले जनाएको छ ।

‘हाम्रो आन्दोलन हाम्रा साथी बचाइदिनु भनेर होइन,कार्यविधि अनुसार दरबन्दि मिलान हुनु पर्यो भनेर हो ।’ नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष निर्मला जोशीले भनिन् ‘ यदि नगरपालिकाले कार्यविधि अनुसार दरबन्दि मिलान गरेको छ भने हामीले सूचनाको हक प्रयोग गरेर दरबन्दि मिलानको सूचना माग गर्दापनि किन सूचना दिदैन ? नियमानुसार काम गरेको भए सूचना दिन किन सक्दैन नगरपालिका ?’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्