‘हामीले हाम्रा साथीहरु बचाइदिनु भनेका छैनौ,हामीले त कार्यविधि अनुसार दरबन्दि मिलान गर्नु होस् भनेका हौ’

महेन्द्रनगर । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकहरु विच दोहोरो झडप भयो । झडपमा दुवै पक्षका २१ जना भन्दा बढी घाइते भए । भीमदत्त नगरपालिकाले आफ्ना मान्छे छानीछानी मनमानी तरिकाले कार्यविधि विपरित शिक्षक दरबन्दि मिलान गरेको भन्दै काँग्रेस निकट नेपाल शिक्षक संघले नगरपाकिलाको मुल गेटमा लगाएको ताला प्रहरीले तोडेपछि दोहोरो झडप भएको थियो ।

भीमदत्त नगरपालिकाले गरेको दरबन्दि मिलान कार्यविधि विपरित भएको भन्दै नेपाल शिक्षक संघ विगत ३५ दिन देखी शान्तिपूर्ण रिले अनसनमा बसेको थियो । यद्यपी नगरपालिकालले माग सम्बोदन नगर्दा शुक्रबार शिक्षक संघका मागलाई एक्यवद्धता जनाउन नेपाली काँग्रेस,नेपाल विद्यार्थी संघ लगाएतका भातृ संगठनका नेता कार्यकर्ता पनि नगरपालिका पुगेका थिए ।

‘हामी ३५ दिन देखी त शान्तिपूर्ण आन्दोलमा बसेका थियौँ ।’ नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष विर्ख बहादुर मल्लले भने ‘तर भीमदत्त नगरपालिकाले हाम्रो माग सम्बोदन गरेन र आन्दोलनमा घुसपैठ भएर घटना घट्यो, त्यसैले यसको जिम्मा नगरपालिकाले लिनु पर्छ ।’ उनले अगाडी थपे ‘यहाँ धेरै पत्रकार साथीले आफ्नो स्वार्थका लागि शिक्षक संघ आन्दोलन गरे भनेर भ्रामक समाचार लेखिरहेका छन् ।

हामीले हाम्रा साथी बचाइदिनु पर्यो भनेका छैनौ, हामीले त दरबन्दि मिलान कार्यविधि अनुसार गरिनु पर्यो भनेका छौ ।’ नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले भने ‘हाम्रो आन्दोलन हाम्रा साथी बचाइदिनु भनेर होइन हाम्रो आन्दोलन कार्यविधि अनुसार दरबन्दि मिलान हुनु पर्यो भन्ने हो ।

यदि कार्यविधि अनुसार मिलान भए हामी जहाँ दरबन्दि पर्यो त्यहाँ जान तयार छौ ।’ उनले अगाडी थपे ‘यदि नगर शिक्षा समितिले नियमानुसार दरबन्दि मिलान गरेको भएपनि हामीहरुले माग गरेको उक्त सूचना सूचनाको हक प्रयोग गरि निवेदन दिदा पनि किन नगरपालिकाले सूचना दिइरहेको छैन ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्