संयुक्त योजना बैंक बनाएर कार्यान्वयमा तीनै तहको समन्वय जरुरी छः नगर प्रमुख विष्ट

भीमदत्त १३ भदौ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विकास र समृद्धिका लागी योजना बैंकको अवधारण अनुसार काम गर्नुपर्ने बताउनु भएको छ । नेपाल गाँउपालिका राष्ट्रिय महासंघले संघियतापछिको स्थानीय तहको सेवा सम्पादनबारे अध्ययनका लागि भीमदत्तका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख विष्टले यस्ता बताउनु भएको हो ।


उहाँले संयुक्त रुपमा विकासको योजना बैक बनाउने र तीनै तहको सरकारको आपसी समन्वयमा योजना कार्यान्वय गर्नु पर्ने उहाँको भनाई छ । उहाँले संघिय संरचना अन्र्तगतका सरकारबिच केही समन्वय अभावले योजना डुब्लीकेसन र प्राथमिकरणको समस्या देखिने गरेको उल्लेख गदैँ उहाँले भन्नुभयो ‘विकासका लागि संयुक्त रुपमा योजना बैंक बनाउनु पर्ने आवश्यक छ, त्यसको कार्यान्वय तीन वटै तहको सरकारबिचको समन्वयमा हुनुपर्छ ।’
साथै नगरपालिकाले योजना बैंकको अवधारण अन्र्तगत शहरी विकास आयोग गठन गरेको उहाँले बताउनु भयो । आयोगले नगरको २५ वर्ष गुरु योजना बनाएर प्राथमिकताको आधारमा योजना कार्यान्वयको दिशामा अघि बढी सकेको छ ।

त्यस्तै नगर प्रमुख विष्टले २००७ सालको प्रजातन्त्रपछि पनि देशको लामो समय व्यवस्था परिर्वतका लागि खर्च भएको उख्लेख गदैँ अब व्यवस्था परिवर्तन नभई यसमा आवश्यक सुधार गर्नु पर्ने बताउनु भयो । संघियताबारे स्पष्ट पादैँ उहाँले भन्नुभयो । ‘कतिपयले संघियतामाथि प्रश्न गर्ने गरेका छन्,देशको धेरै समय व्यवस्था परिर्वतनमा खर्च भईसकेको छ, अब यसमा देखिका कमिकमजोरीलाई सच्याउँदै आवश्यक सुधार गर्नु पर्छ, व्यवस्था परिर्वतन गर्न सकिदैँन् ।’
साथै उहाँले संघियतापछिको स्थानीय सरकारको नौलो अभ्यास भएकोले सुरुवती समय आवश्यक नीति तथा कानुन निर्माण र पद्धतिको विकासमा खर्च भए पनि त्यसपछिको समयमा नगरपालिकाले विकास गति लिदैँ गएको बताउनु भयो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्