जेठ २ को संरचनाबाटै पार्टी एकताको पक्षमा उभिन कञ्चनपुर एमाले आह्वान

महेन्द्रनगर १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कञ्चनपुरले जेठ २ को संरचनाबाटै पार्टी एकता र सुदृढ एमालेको पक्षमा उभिन अह्वान गरेको छ । सोमबार पार्टी सचिव सुरेन्द्र विष्टले पे्रस विज्ञप्ती जारी गदैँ सबै नेता कार्यकर्तालाई पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्केकाले एकता र सुदृढ एमालेको पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।


पार्टी सविच विष्टद्धारा जारि विज्ञप्तीमा केन्द्रीय कमिटिको भदौ १० मा सम्पन्न बैठकले १० बुदेँ कार्यान्वयन गर्ने र पार्टी संरचनालाई ०७५ जेठ २ को अवस्थामा फर्काने निणर्य भएकाले जिल्ला पार्टी पंङती एकताप्रति प्रतिवद्ध रहदैँ पुर्व निर्धारित सबै कमिटिका कार्यक्रम स्थगीत गरिएका जनाईएको छ ।


विज्ञप्तीमा भनिएको छ ‘पार्टीको विधि पक्रिया अनुसार समस्या समाधान माथिबाट हुदैँ आईरहेको अवस्थामा फुट र विभाजनको मतियार भएर आउने कसैलाई पनि सहयोग नगर्न, पार्टी एकता र सुदृढ एमालेको पक्षमा उभिन सबै तह, तप्काका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तहरुमा अह्वान गर्दछौँ ।’


त्यस्तै पार्टी विभाजनको कमिटि विस्तार र नेतृत्वप्रति भईरहेको गालिगलौचप्रति पनि पार्टीको ध्यानार्कषण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको हाम्रो पार्टी विभाजन र फुटले कम्युनिष्ट आन्दोलन समाप्त हुने, नेपाली जनताको परिर्वतन र समृद्धिका सपना कुठराघात हुने कञ्चपुर एमालेको ठहर छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्