तुईन प्रकरणमा भारतले गल्ती स्विकार गर्दै नेपालसँग माफी माग्नु पर्छः नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामीको मृत्यु भारतीय एसएसबीले तुइन तार फुस्काइदिएका कारणले भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेका छन, ’दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा मैले लगत्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै स्पष्टसँग भनेको थिएँः भारतीय एसएसबीले तुइनको तार फुस्काइदिएको कारणले नै यो दुःखद घटना घटेको हो र एसएसबी नै यस निम्ति जिम्मेवार छ ।’
श्रेष्ठले भारतले गल्ती स्विकार गर्दै नेपालसँग माफी माग्नुपर्ने दोषीलाई कारवाही गर्नुपर्ने र डीत परिवारलाई परिपुरण गर्नुपर्ने उनको माग छ ।

https://www.facebook.com/narayankaji.shrestha.33/posts/2994400360817499
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्