४० बर्षको उमेरमा ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्