बिउबिजन र कृषी सामाग्री पाएपछि कृष्णपुरका किसान हर्षित, व्यवसायीकरणमा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको किसानलाई बिउबिजनसहित कृषी सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिकासँगको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत पालिकाका विभिन्न वडामा तरकारीको विउ र कृषी सामाग्री वितरण गरिएको हो ।

निड्स नेपालको कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत कृष्णपुर नगरपालिकाको वडा नम्बर १, ३, ७ र ८ का किसानलाई व्यवसायिक तरकारी खेतीका लागि निशुल्क विउ र अन्य आवश्यक कृषी औजार वितरण गरिएको हो । भौचर कार्डमार्फत वितरण भएको उक्त सामाग्रीले व्यवसायिक तरकारी खेतीमा सहयोग पुग्ने स्थानीय किसान हर्षित भएका छन् ।

वडा नम्बर १ कै जलम चौधरीले निशुल्क बिउ पाएपछि व्यवसायिक तरकारी खेत गर्न सहयोग पुग्ने बताईन् । उनले विगतका वर्षमा आफैले बिउ खरिद गरेर ल्याउदाँ न्युन गुणस्तरिय समेत पर्ने गरेको बताउँदै ‘यहाँको वातावरण अनुकुलको बिउ समयमै पाएका छौँ, यसले उत्पादन पनि राम्रो आशा छ ।’ कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको सहयोग गरिएको परियोजनाका फिल्ड संयोजक केशब मलासीले बताए ।

उनका अनुसार निम्न वर्गाीय स्थानीय किसानको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यकासाथ भदौ ९ गते कृष्णपुर– १, ३, ७ र ८ वडा नम्बरका कृषकलाई कृषि सामग्री भौचर वितरण हो । कृष्णपुर नगरपालिका नगर उपप्रमुख रमिता राना बडायकले व्यवसायि तरकारी खेतीका लागी किसानाई बिउबिजन र उपकरण वितरण गरिएको बताईन् । उनले नगरपालिकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताईन् । नगरपालिका र विभिन्न साझेदारी संस्थाहरुसँगको सहकार्यमा नगरपालिको खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाई छ ।

साथै परियोजनाको सहयोगले तरकारी किसानलाई व्यवसायिक रुपमा लाग्न राहात मिलेको उनले बताईन् । त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले किसानलाई तकारी खेतीमा आकृषित गर्न बिउबिजन सामाग्री वितरण गरिएको बताए । उनका अनुसार बिउसहित कृर्षी सामाग्री पाएपछि किसान हर्षित भएका छन् । स्थानीयले सिचाँईको समस्या रहेको भन्दैँ सरकारवाला निकायलाई बोरिङ समेत गरेका छन् । वडाध्यक्ष बस्नेतले नगरपालिकाबाट सबै किसिमको प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कृषकले नगरपालिकाकै गुलरियास्थित डेबिट एग्रोभेट सेन्टरबाट कृषि सामग्री र बिउ भौचरकार्डमार्फत पाउने छन् । वितरण गरिएका कृषि सामग्रीमा बिउबिजनसहित २२ प्रकारका सामाग्री रहेका छन् । निड्सले काउली, टमाटर, खुर्सानी, मुला, बन्दा, धनिया लगायतको बिउका साथै पोटेटो जिङ्क, कृषि पोषक, स्प्रे टयाँकी, नर्सरी प्लास्टिक, प्लास्टिक, दाँते खुर्पी, कुटो, कोदालो र हजारी लगायका कृषी सामाग्री सहयोग गरेको हो ।

भौचर कार्ड वितरण कार्यक्रममा नगर उप प्रमुख रमिता राना बडायक, वडाध्यक्ष, निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्ट लगायत स्थानीयको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्