थप १,७५६ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै १० वर्ष मुनिका ३३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

यस्तै भक्तपुरमा ७१, झापामा ४१, जुम्लामा ३८, सुनसरीमा घछ, चितवनमा ३२, मकवानपुरमा ३१, कैलालीमा २९, रुपन्देहीमा २७, बर्दियामा १८, दाङमा १६, नवलपरासी पुर्वमा १३, इलाम र नुवाकोटमा १२÷१२ जना तथा बागलुङमा ११ जनाको कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्